३ आश्विन २०८१, बिहिबार

दाङको बंगलाचुली गाउँपालिका-५ मुर्कुटिमा तिजपछिको पञ्चमिमा मेला नलाग्ने

प्रकाशित मिति :  16 August, 2020 12:49 pm


दाङ, ३२ साउन । 

दाङको बंगलाचुली गाउँपालिका-५ मुर्कुटिमा हरितालिका तिजपछिको पञ्चमिमा लाग्ने मेला नहुने भएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस ९कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै स्थानीय तहले मेला नलगाउने निर्णय गरेको हो ।

वडा नंं. ५ को वडा कार्यालयको बैठक मार्फत मुर्कुटि बजारमा पञ्चमिका दिन मेला नलगाउने निर्णय गरिएको बंगलाचुली गाउँपालिका वडा नं.५ का अध्यक्ष ऐनुराज खत्रीले जानकारी दिए । मुर्कुटी बजारमा परापूर्वककाल देखि हरेक वर्षको पञ्चमिका दिन ठूलो मेला लाग्दै आएको छ । खत्रीले सो दिन मेला नलाग्ने भएकाले कहिबाट पनि मेला हेर्न नआउन सबैलाई अपिल गरेका छन् ।

उद्योग वाणिज्यसंघ बंगलाचुली शाखाले पनि समेत पञ्चमि मेलामा नलगाउन सबै व्यवसायीहरुलाई अनुरोध गरेको छ । कोरोना भाईरसको जोखिम उच्च रहेको भन्दै मेला नलगाउन अनुरोध गरिएको उद्योग वाणिज्य संघ बंगलाचुली शाखा अध्यक्ष रुक प्रसाद पुलामीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !