३ आश्विन २०८१, बिहिबार

दाङमा मोटरसाइकल ठोकिएर नदीमा खस्दा बेपत्ता युवकको शव फेला

प्रकाशित मिति :  16 August, 2020 6:25 pm


दाङ, ३२ साउन ।

दाङमा सानो राप्ती नदीको पुलमा मोटरसाइकल ठोकिएर नदीमा खस्दा बेपत्ता भएका एक युवकको शव फेला परेको छ ।

शनिबार राति ११ बजेतिर लमहीबाट गढवातिर जाँदै गरेको लु ५७ प ११०० नम्बरको मोटरसाइकलमा सवार गढवा गाउँपालिका वडा नंं ७ चन्दनपुर निवासी २७ वर्षीय मनोज चौधरीको शव आज बिहान सशस्त्र प्रहरी बलको गोताखोरको टोलीले फेला पारेको हो ।

वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाका अनुसार उनी मोटरसाइकलमा पछाडि सवार व्यक्ति हुन् । मोटरसाइकल चालक सोही ठाउँका २६ वर्षीय सुरजनारायण चौधरीको भने शनिबार राति नै शव फेला परेको थियो । पुलमा ठोकिँदा मोटरसाइकलसहित दुवै नदीमा खसेका थिए ।



प्रतिक्रिया दिनुहोस !