पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो
प्रकाशित मिति : 16 August, 2020 6:58 pm
काठमाडौं, ३२ साउन ।
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य फेरि बढाएको छ।
आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १ रुपैयाँका दरले बढाएको हो । नयाँ मूल्य अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ पुगेको छ भने, डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ पुगेको छ।
खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा भने मूल्य यथावत रहेको निगमले जनाएको छ । कोरोनाको महामारीकाबीच पनि निगमले पटक पटक मूल्य बढाईसकेको छ ।