४ आश्विन २०८१, शुक्रबार

नेकपा सचिवालय बैठकबाट कार्यदल अनुमोदन, समय भने तोकिएन

प्रकाशित मिति :  17 August, 2020 12:40 pm


काठमाडौं, १ भदौ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विवाद समाधानका लागि गठन गरेको कार्यदललाई अनुमोदन गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले महासचिव विष्णु पौडेल संयोजकत्वको कार्यदललाई अनुमोदन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठले भने,कार्यदलले आज राष्ट्रसामु देखा परेका कार्यभारलाई पूरा गर्न पार्टी र सरकार सक्षम हुनेगरी गर्नुपर्ने कामहरूका बारेमा सुझाव दिन सफल हुनेछ भन्ने आशाकासाथ कार्यदललाई शुभकामना पनि दिएको छ । प्रवक्ता श्रेष्ठले ुछिटोभन्दा छिटो पार्टीभित्र देखिएको संकटको समाधान निस्किने, पार्टी एकताबद्ध हुने पार्टी र सरकारका कामहरू प्रभावकारी ढंगले अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

कार्यदलको समयसीमा भने तोकिएको छेन । प्रवक्ता श्रेष्ठले छिटोभन्दा छिटो यसले प्रतिवेदन बुझाउने समेत बताए। पार्टीभित्र विवाद चर्किदै गएपछि शुक्रबार प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ६ सदस्यी कार्यदल गठन भएको थियो ।

महासचिव पौडेल संयोजकत्व कार्यदलमा स्थायी समिति सदस्यहरू भीम रावल,पम्फा भुषाल,जनार्दन शर्मा,सुरेन्द्र पाण्डे र शंकर पोखरेल रहेका छन्।

कार्यदलले पहिले दुई अध्यक्षलाई प्रतिवेदन बुझाउने छ र स्याथी कमिटीमा पेश हुने छ ।

नेकपाभित्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालपक्षले ओलीले दुबै पदबाट राजिनामा दिनुपर्ने माग गरेपछि विवाद चर्किएर विभाजनको स्थिति बनेको थियो । असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक अहिलेसम्म अन्योलमै छ । कार्यदल गठन भएपछि भने विवाद समाधानका लागि सकारात्मक वातावरण बनेको दुबै पक्षका नेताहरुले विश्वास व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !