३ आश्विन २०८१, बिहिबार

एसईईको परीक्षाफल सार्वजनिक

प्रकाशित मिति :  17 August, 2020 7:02 pm


काठमाडौं, १ भदौ ।

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ।

आज बसेको बोर्ड बैठकले लकडाउनमा रोकिएको एसइई परीक्षाको नतिजा सार्वजनिक गरेको हो।  कोरोना महामारीका कारण परीक्षा सञ्चालन गर्न नसकेपछि विद्यालय आफैँले मूल्यांकन गरेर पठाएको विद्यार्थीको नतिजालाई रुजु गरेर बोर्डले सार्वजनिक गरेको हो।

परीक्षामा सहभागी हुन ४ लाख ८२ हजार ९ सय ८६ जनाले फाराम भरेकोमा ४ लाख ७२ हजार ७८ जनाको नतिजा प्रमाणीकरण गरिएको बोर्डले जनाएको छ ।

यो पटक त्रुटी सच्याउन विद्यार्थीलाई परीक्षा नियन्त्रण कार्यालय आउनुपर्ने व्यवस्था हटाइएको छ। विद्यार्थीले ३५ दिनभित्र फारम भरेर इकाइमा बुझाएपछि त्यहीँबाट त्रुटी सच्याएर विद्यालयमा पुयाउने व्यवस्था मिलाइएको बोर्डले जानकारी गराएको छ ।



प्रतिक्रिया दिनुहोस !