३ आश्विन २०८१, बिहिबार

दाङको बंगलाचुली गाउँपालिकाद्धारा तिजमा नाचगान र भिडभाड गर्न रोक लगाउने निर्णय

प्रकाशित मिति :  18 August, 2020 6:15 pm


दाङ, २ भदौ ।

दाङको बंगलाचुली गाउँपालिकाले यस वर्षको हरितालिका तिजको दिन नाचगा ,भिडभाड गर्न रोक लगाउने निर्णय गरेको छ ।

गाउँपालिकाको ८ वटै वडाका गाउँवस्तिमा तिज तथा पञ्जमिका दिन हुने भिडभाड तथा नाचगान जस्ता कार्यलाई पूर्ण रुपमा रोक्नका लागि सबै वडाहरुलाई पत्राचार गरिसकेको जनाएको छ ।

बंगलाचुली गाउँकार्यपालिकाको आज बसेको बैठकले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको अध्यक्ष भक्त बहादुर वलीले जानकारी दिए ।

अध्यक्ष वलीले महामारीको समयमा परिवारमै बसेर  सुरक्षित तरिकाले चाडपर्व मनाए महामारीको जोखिम कम हुने भएकाले सजग हुन सबैलाई आग्रह गरेका छन् ।

उनले यो वर्षको तिज सबैलाई घरमै वसेर मनाउन,भिडभाड तथा नाचगान जस्ता कार्य नगर्न अपिल समेत गरेका छन् । अध्यक्ष वलीले कोरोना भाईरसको जोखिम अझै पनि कायमै रहेको हुँदा सबै नागरिकको स्वास्थ्य रक्षाका लगि स्थानीय सरकार सधै गम्भिर रहेको बताए ।

अध्यक्ष वलीले भने, “चाडपर्वको समय छ । संगै कोरोनाको जोखिम पनि उत्तिकै छ त्यसैले जनता आफै पनि सजग,सचेत र सुरक्षाका उपायहरु अपनाउन अपरिहार्य छ । स्थानीय सरकार जनताको स्वाथ्य प्रति सधै चिन्तित र गम्भिर भएको छौँ । जनताले पनि स्थानिय सरकारलाई साथ दिन आवश्यक छ ।”

यसैबीच गाउँपालिकाको बैठकले दाङ जिल्ला संकट व्यवस्थापन केन्द्र (सिसिएमसि)ले गरेको निर्णयलाई पनि गाउँपालिकामा लागूू गर्ने भएको छ । सीसीएमसीले भदौ १ गते देखि ८ गते सम्म वेलुका ७ बजे देखि विहान ५ बजे सम्म निषेधआज्ञा जारी गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस !