३ आश्विन २०८१, बिहिबार

चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा सचेत बन्न जिल्ला प्रशासन कार्यालय म्याग्दीको आग्रह

प्रकाशित मिति :  18 August, 2020 9:47 pm


काठमाडौं, २ भदौ । 

जिल्ला प्रशासन कार्यालय म्याग्दीले चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा सचेत बन्न आग्रह गरेको छ ।

कोरोना भाइरसको संक्रमण नेपालमा दैनिक रुपमा बढिरहेकाले आ-आफ्नो धर्म, संस्कृति, परम्परा अनुसारका चाडपर्वहरु समेत नजिकिंदै आएको अवस्थामा कोभिड- १९ को संक्रमण थप बढ्न सक्ने भन्दै सचेत गराईएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीद्धारा जारी विज्ञप्तिमा ‘चाडपर्व मनाउँदा एउटै घरमा बसेका परिवारका व्यक्ति बाहेक अन्यसँग भेटघाट नगर्ने, एउटै घरमा बसेका परिवारका सदस्य मात्र उपस्थित भई आफ्नो घररकोठामा भौतिक दुरी कायम गरि चाडपर्व मनाउने, अनावश्यक भेटघाट र हिंडडुल नगर्ने’ भनिएको छ ।

त्यस्तै चाडपर्व, मेला, जात्रा, पर्वहरु मनाउन सार्वजनिक स्थलहरुमा भेला नहुने, अनिवार्य रुपमा मास्क सेनिटाइजरको प्रयोग गर्न विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ,”साबुन पानीले हात धुने गर्नु गराउनुहुन एवं “चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्ड, २०७७“ लाई पूर्ण रुपमा पालना गर्नु गराउनुहुन सम्पूर्ण जिल्ला बासीहरुमा जिल्ला प्रशासन कार्यालय म्याग्दी हार्दिक अनुरोध     गर्दछ ।”

मापदण्डको पालना नगरेको पाइएमा संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !