५ आश्विन २०८१, शनिबार

अछामको रामारोशन गाउँपालिकामा वस्तीमा बाढी पस्दा ६ जनाको मृत्यु,१५ जना बेपत्ता

प्रकाशित मिति :  19 August, 2020 10:15 am


अछाम, ३ भदौ ।

अछामको रामारोशन गाउँपालिकाका कैलाशखोलाको बाढी वस्तीमा पस्दा वेपत्ता भएका मध्ये ६ जनाको शव भेटिएको छ।

गएराति परेको अबिरल बर्षापछि आएको बाढि रामारोशन गाउँपालिका वडा नम्बर ५ सैनिबजारमा पस्दा बपत्ता भएका मध्ये ६ जनाको शव भेटिएको हो ।

४ जनाको शव बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नामा पर्ने कोसेडा क्षेत्रमा भेटिएको प्रहरीले जनाएको छ । २ जनाको शव मंगलसेन नगरपालिका वडा नम्बर ३ मा पर्ने लमतणा र सेरीमा भेटिएको छ ।

बेपत्ता १५ जनाको खोजी कार्य जारी रहेको र थप जनशक्ति पठाउने तयारी भइरहेको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !