५ आश्विन २०८१, शनिबार

राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्योष्टि

प्रकाशित मिति :  19 August, 2020 1:28 pm


काठमाण्डौं,३ भदौ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्योष्टि गरिएको छ । मंगलबार निधन भएका घिमिरेको राष्टिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्योष्टि गरिएको छ । राष्ट्रकविको सम्मान स्वरुप नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

काठमाडौंको कपुरधारास्थित निवासमै पुगेर उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउँदै श्रद्धाञ्जली अर्पण गरेका थिए । राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा कपुरधारास्थित आफ्नै निवासमा निधन भएको थियो ।

वि.सं. १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा जन्मिएका राष्ट्रकवि घिमिरेको १०१ वर्षमा निधन भएको हो । घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार थिए।



प्रतिक्रिया दिनुहोस !