कर्णाली प्रदेशमा भाेली (भदाै ४ गते) सार्वजनिक विदा
प्रकाशित मिति : 19 August, 2020 1:57 pm
सुर्खेत, ३ भदाै ।
कर्णाली प्रदेश सरकारले भाेली (भदाै ४ गते) सार्वजनिक विदा दिने भएकाे छ । प्रदेश स्थापना दिवसकाे अवसरमा विदा दिने निर्णय गरिएकाे हाे ।
कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले बुधबार सूचना जारी गर्दै मन्त्रिपरिषद्काे गत जेठ १२ गतेकाे निर्णय अनुसार भदाै ४ गते सार्वजनिक विदा दिइएकाे जनाएकाे छ ।
राजधानी सुर्खेतमा रहेकाे कर्णालीमा साविक कर्णाली अञ्चल सहित १० जिल्ला, १२ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २४ प्रदेश सभाका लागि निर्वाचन क्षेत्र छन् ।
कर्णाली प्रदेशमा जिल्लाहरूमा सुर्खेत, डाेल्पा, जुम्ला, हुम्ला, मुगु, कालीकाेट, जाजरकाेट, दैलेख, सल्यान र रूकुम पश्चिम रहेका छन् ।