३ आश्विन २०८१, बिहिबार

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको कोरोना बिमा हुने

प्रकाशित मिति :  20 August, 2020 2:26 pm


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको कोरोना बिमा हुने भएको छ । नेपाल क्रिकेट संघले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको कोरोना बिमा गर्ने भएको हो ।

कोरोना भाइरसको संक्रमण तीव्र रूपमा बढिरहेको हुँदा खेलाडीको सुरक्षाका लागि राष्ट्रिय टोलीका पुरुष खेलाडीको कोरोना बिमा गरिने भएको हो । खेलाडीहरूको कोरोना बिमा केही दिनमै हुने क्यानले जनाएको छ ।

कोरोनाको संक्रमण बढेपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सम्पूर्ण खेल गतिविधि अनिश्चितकालका लागि स्थगित गरेको छ ।



प्रतिक्रिया दिनुहोस !