३ आश्विन २०८१, बिहिबार

इंग्लिस प्रिमियर लिग सेप्टेम्बर १२ देखि हुने

प्रकाशित मिति :  20 August, 2020 2:43 pm


एजेन्सी । सन् २०२०/२१ को सिजनको इंग्लिस प्रिमियर लिग (ईपीएल) को खेलतालिका सार्वजनिक भएको छ । सेप्टेम्बर १२ बाट ईपीएलको नयाँ सिजन सुरु हुने भएको हो । आज इंग्ल्यान्ड फुटबल संघले यस सिजनको सुरुवाती खेलतालिका सार्वजनिक गरेको छ ।

यस सिजनको च्याम्पियन क्लब लिभरपुलले पहिलो खेल यसै सिजन ईपीएलमा बढुवा भएको लिड्स युनाइटेडसँग सेप्टेम्बरमा खेल्ने भएको छ । यस सिजन लिभरपुलले आफ्नो सुरुवाति ५ खेल लिड्सबाहेक ठूला क्लबसँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।



प्रतिक्रिया दिनुहोस !