१२ कार्तिक २०८१, सोमबार

काठमाण्डौंको नागार्जुन नगरपालिकाले भन्यो,’विहान तीन घण्टा दैनिक उपभोग्य सामाग्रीका पसल खोल्न देउ’

प्रकाशित मिति :  20 August, 2020 8:30 pm


काठमाडौं, ४ भदौ ।

काठमाण्डौंको नागार्जुन नगरपालिकाले विहान ६ बजेदेखि ९ बजेसम्म दैनिक उपभोग्य सामाग्री बिक्रीविरतणका लागि पसल खोल्ने व्यवस्था गरिदिन आग्रह गरेको छ ।

काठमाडौं उपत्यकामा लगडाउन कडा भएपछि नगरपालिकाले सहज बनाईदिन आग्रह गर्दै आज महानगरीय प्रहरी वृत्त स्यम्भूलाई पत्र लेखेको हो ।

नगरपालिकाका मेयर मोहन बस्नेतले लेखेको पत्रमा भनिएको छ, “यस नगरपालिका भित्रका नगरवासीहरुलाई खाद्यान्न,तरकारी,दूध,पानी ग्यासजस्ता अति आवश्यक सामाग्रीहरु दैनिकरुपमा खरिद गर्नुपर्ने भएकाले सामाजिक दुरि कायम गरी विहान ६ बजेदेखि ९ बजेसम्म उल्लेखित दैनिक उपभोग्य सामाग्री बिक्रीवितरण हुने पसलहरु खेल्ने व्यवस्था मिलाई नगरवासीहरुलाई आवश्यक सुविधा उपलब्ध गराईदिनु हुन अनुरोध गरिन्छ ।”

कठमाडौंका तीनै जिल्लामा आजदेखि निषेधाज्ञामा जारी गर्दै कडाइ गरिएको छ । निषेधाज्ञाले असहज अवास्था देखिएको भन्दै नागार्जुन नगरपालिकाले पसल खोल्न दिनका लागि आग्रह गरेको हो ।



प्रतिक्रिया दिनुहोस !