२ कार्तिक २०८१, शुक्रबार

कोरोनाः पाँच अस्पतालका कर्मचारी व्यस्थापन र भत्ताका लागि रु.७ करोड निकासा

प्रकाशित मिति :  21 August, 2020 8:30 am


काठमाडौं, ५ भदौ ।

सरकारले कारोना नियन्त्रण तथा रोकथाममा खटिएका कर्मचारीको व्यवस्थापन तथा जोखिम भत्ताका लागि ५ वटा अस्पताललाई ७ करोड रुपैयाँ निकासा गर्ने भएको छ ।

विभिन्न ५ वटा अस्पतालका लागि ७ करोड ५० लाख ४ हजार रुपैयाँ रकम निकासा गर्न लागेको हो ।

उक्त रकम कारोना संक्रमणको समान्य लक्षण भएका (६० वर्ष माथिका जेष्ठ नागरिकहरु, दीर्घरोगीहरु त्था अन्य कुनै स्वास्थ्य समस्या महसुस गरेका बिरामीहरु) संकास्पद तथा संक्रमित व्यक्तिको उपचारका लागि जारी गरेको निर्देशिका,मापदण्ड,आदेश बमोजिम जोखिम भत्तालगायत कर्मचारी व्यवस्थापनमा खर्च हुने पत्रमा उल्लेख छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहपछि अर्थ मन्त्रालयले रकम निकासाका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको कोरोना रोकथाम, निन्त्रण तथा उपचार कोषलाई पत्र लेखेको छ ।

त्यस्तै रुकुम पश्चिमको चौरजहारी ल्याब र दैलेख अस्पतालको ल्याब व्यवस्थापन तथा रिएजेन्ट खरिदका लागि १०/१० लाख रुपैयाँ निकासा हुने भएको छ ।

निकासा हुने रकम भरतपुर अस्पतालले १ करोड ५२ लाख ६७ हजार, काठमाडौंको कान्ति बाल अस्पतालले १ करोड ५५ लाख ७९ हजार रुपैयाँ पाउने छन् ।

त्यस्तै राष्ट्रिय ट्रमा सेन्टरका लागि १ करोड ३५ लाख ५ हजार, भेरी अस्पताल बाँकेका लागि १ करोड ६८ लाख ११ हजार, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि ५७ लाख ४२ हजार रुपैयाँ पाउनेछन् ।

चौरजहारी ल्याब र दैलेख अस्पतालको ल्याबका लागि २० लाख रुपैयाँ सामाजिक विकास मन्त्रालयमा वित्तिय हस्तान्तरण गर्न अर्थ मन्त्रालयको पत्रमा उल्लेख छ ।

 



प्रतिक्रिया दिनुहोस !