५ आश्विन २०८१, शनिबार

प्यूठानका कोरोना संक्रमित एक पुरुषको बुटवलमा उपचारका क्रममा निधन

प्रकाशित मिति :  21 August, 2020 9:35 am


प्यूठान, ५ भदौ ।

प्यूठानका एक जना कोरोना संक्रमितको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा आज निधन भएको छ । स्वर्गद्वारी नगरपालिका वार्ड नं. ७ का ६४ वर्षीय पुरुषको निधन भएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

कोरोना संक्रमणको पुष्टिसँगै लक्षणहरु देखिएपछि उनलाई उपचारका लागि अस्पताल बुटवल पठाईएको थियो र उपचारका क्रममा निधन भएको हो ।

मृतक व्यक्ति उच्च रक्त चाप र दीर्घ स्वासप्रश्वास सम्बन्धि रोगसमेत प्रस्वास सम्बन्धी रोग समेत रहेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको    छ ।



प्रतिक्रिया दिनुहोस !