३ आश्विन २०८१, बिहिबार

पाल्पामा करेन्ट लागेर एक जनाको मृत्यु

प्रकाशित मिति :  21 August, 2020 10:52 am


पाल्पा, ५ भदौ ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको जुठापौवा खुनधाराकी २७ वर्षीया दिलकुमारी रास्कोटीको मृत्यु भएको गाउँपालिका उपाध्यक्ष चेतना गाहाले जानकारी दिईन् ।

उपचारका क्रममा तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उनको मृत्यु भएको हो । गएराति हावा हुरीका कारण विद्युत् सर्ट हुँदा थप एक जना घाइते भएको गाउँपालिका उपाध्यक्ष गाहाले बबताइन् ।

घाइते झमानसिंह पुनको मिसन अस्पतालमा उपचार भइरहेको छ । विद्युत् सर्ट हुँदा नेपाने र पटुवाचौर, खुनधाराका विद्युत् मिटरबक्समा समेत क्षति पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !