५ आश्विन २०८१, शनिबार

थप ८३८ जनामा कोरोना संक्रमणको पुष्टि,आइसीयू र भेन्टिलेटरमा उपचार हुने संख्या बढ्दै

प्रकाशित मिति :  21 August, 2020 4:33 pm


काठमाडौं, ५ भदौ ।

देशभर  आज थप ८३८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

सबैभन्दा धेरै कोरोना संक्रमित काठमाडौंमा भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभर १३ हजार ५ सय ७९ जनामा परीक्षण गर्दा ८ सय ३८ जनामा संक्रमण देखिएको जानकारी दिए ।

यस सँगै कुुल संक्रमितको संंख्या ३०,४८३ पुगेको छ जसमा १८,२१४ जना निको भएका छन् भने १३७ जनाको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए ।

काठमाडौं जिल्लामा सबैभन्दा धेरै १ सय ४२ जना संक्रमित भेटिएका छन् । त्यस्तै ललितपुरमा २५ र भक्तपुरमा १५ सहित काठमाडौं उपत्यकामा १८२ जना संक्रमित भेटिएका छन् ।

प्रवक्ता गौतमका अनुसार आइसीयू र भेन्टिलेटरमा उपचार गर्नेको संख्या बढ्दै गएको छ । अहिलेसम्म प्रदेश १ मा १६ जना,प्रदेश २ मा ४६ जना,बागमती प्रदेशमा ५२ जना, गण्डकी प्रदेशमा ६ जना र प्रदेश ५ मा १३ जना गरेर १३३ जनाको आइसीयूमा उपचार भइरहेको छ ।

त्यस्तै भेन्टिलेटरमा १५ जनाको उपचार भइरहेको छ र बसै बागमती प्रदेशमा भएको प्रवक्ता गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !