३ आश्विन २०८१, बिहिबार

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमित ११ जनाको मृत्यु

प्रकाशित मिति :  21 August, 2020 4:47 pm


काठमाडौं, ५ भदौ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमित ११ जनाको मृत्यु भएको छ । यो अहिलेसम्मकै धेरै संख्या हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिए । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमित मृतकको संख्या १३७ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार मृत्यु हुनेमा एक महिला र १० पुरुष छन् । जसमा मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्यूठानका रहेको प्रवक्ता गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !