३ आश्विन २०८१, बिहिबार

भदौ १६ गतेदेखि सर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्ने सरकारको निर्णय

प्रकाशित मिति :  21 August, 2020 7:05 pm


काठमाडौं, ५ भदौ ।

सरकारले सर्तसहित भदौ १६ गतेदेखि नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्ने निर्णय गरेको छ ।

मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता अर्थ,सूचना तथा प्रविधिमन्त्री डा. युवराज खतिवडाले बैशाख १६ गतेबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्ने निर्णय भएको जानकारी गराएका हुन् ।

उडान तालिका पर्यटन मन्त्रालयले सार्वजनिक गर्ने छ । नियमति उडान पिसिआर परीक्षण सहज नभएका मुलुकबाट हुने छैनन् भने तोकिएका सर्त उल्लंघन गरे कारबाही हुने छ । कुबेत,कतार लगायत पीसीआर सहज नभएका ठाँउबाट यात्रु ल्याउन पाइने छैन ।

उडान प्रतिबन्ध गरिएका मुलुकबाट स्वदेश आउन चाहने यात्रुको हकमा सम्बन्धित नेपाली कूटनीतिक नियोगको सिफारिसमा रहेका नामावली अनुसार चार्टर्ड उडान गर्न सकिने सरकारले निर्णय गरेको छ ।

उडानबाट आउने यात्रुले सात दिन होटलमा क्वारेन्टाइन र स्वास्थ्य परीक्षणपछि होटलबाटको १४ दिन होम क्वारेन्टाइनमा बस्ने र त्यसको अनुगमन स्थानीय तहले गर्ने सरकारले  निर्णय गरेको छ ।

नियमित उडानबाट आउनेले जहाज चढ्नु ७२ घण्टा अघिको पीसीआर नेगेटिभ भएको प्रमाणपत्र,नेपाल आउनेले भर्नुपर्ने अनलाई फर्म र त्यसको फिन्ट वा बारकोड बोक्नुपर्ने छ ।

नेपाल आउने यात्रुका लागि हवाई टिकट जारी गर्दाकै अवस्थामा कम्तिमा ७ दिन होटेल क्वारेन्टाइनमा बस्ने रकमपनि पहिले नै लिनुपर्ने र त्यो रकम होटेललाई भुक्तानी गर्ने दायित्व सम्बन्धित एअरलाइन्सको भएको प्रवक्ता खतिवडाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !