२ कार्तिक २०८१, शुक्रबार

देशभर थप ६३४ जनामा कोरोना संक्रमणको पुष्टि,बालिकासहित ९ जनाको मृत्यु

प्रकाशित मिति :  22 August, 2020 4:34 pm


काठमाडौं, ६ भदौ ।

देशभर थप ६३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । १२,५१९ जनामा गरिएको परीक्षणमा ६३४ जनामा संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यससँगै कुल संक्रमित संख्या ३१,११७ भएको छ । संक्रमित मध्य निको भएर १८,३५० जना घर फर्किएका छन् । कोरोना संक्रमित निको हुने दर ५९ प्रतिशत रहेको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले काठमाडौं उपत्यकामा कोरोना संक्रमित दर बढीरहेको समेत बताए । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २१६ जनामा कोरोना संक्रमण देखिएको छ ।

जसमा काठमाडौं जिल्लामा १६०, भक्तपुरमा ५० र ललितपुरमा ६ जना संक्रमित भेटिएका छन् । देशभर पछिल्लो २४ घण्टामा एक बालिका सहित कोरोना संक्रमित ९ जनाको मृत्यु भएको छ ।

प्रवक्ता गौतमका अनुसार सुनसरीमा एक ६ वर्षीय बालिका र ६७ वर्षका पुरुष, पर्सामा ६१,५८ र ४८ वर्षका पुरुष,बारामा ५८ वर्षका पुरुष,सिराहा ६८ वर्षका पुरुष, मकवानपुरमा ५६ वर्षका पुरुष र भक्तपुरमा ७३ वर्षका पुरुषको मृत्यु भएको हो । यससँगै कुल मृतकको संख्या १ सय ४६ पुगेको छ । यो कुल संक्रमितको ०.५ प्रतिशत हो ।



प्रतिक्रिया दिनुहोस !