२ कार्तिक २०८१, शुक्रबार

चितवनमा उपचाररत मकवानपुरकी कोरोना सङ्क्रमित एक महिलाको मृत्यु

प्रकाशित मिति :  23 August, 2020 8:10 am


काठमाडौं, ७ भदौ ।

चितवनमा उपचाररत मकवानपुरकी कोरोना सङ्क्रमित एक महिलाको मृत्युृ भएको छ ।

भरतपुर–१० स्थित पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–३ निवासी ६५ वर्षीया महिलाको हिजो बेलुकी मृत्यु भएको हो ।

महिलाको मृत्यु भएसँगै शनिबार साँझ कोरोना रिपोर्ट पोजिटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । महिलाको पुरानो मेडिकल कलेजबाट भदौ १ गते नै स्वाब सङ्कलन गरी परीक्षणका लागि भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला पठाइएको थियो तर रिपोर्ट नआउँदै महिलाको साँझ मृत्यु भएको हो ।

कलेजोसम्बन्धी उपचारका लागि ती महिलालाई गत साउन ३२ गते पुरानो मेडिकल कलेजमा भर्ना गरिएको थियो । उनको शल्यक्रिया गर्नुअघि भदौ १ गते नै स्वाब सङ्कलन गरी परीक्षणका लागि प्रयोगशाला पठाइएको थियो । ।



प्रतिक्रिया दिनुहोस !