३ आश्विन २०८१, बिहिबार

नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट

प्रकाशित मिति :  23 August, 2020 3:08 pm


काठमाडौं, ७ भदौ ।

नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला ४०० ले घटेको हो ।

महासङ्घले छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ४०० रुपैयाँ तोकेको छ । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ९०० रुपैयाँ तोकिएको छ । गएको शुक्रबार स्थानीय बजारमा छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ८०० सय र तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ३०० रुपैयाँ कायम थियो ।

सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । चाँदी प्रतितोला २५ रुपैयाँले घटेर एक हजार ३ सय ४५ रुपैयाँ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !