काठमाडौं उपत्यकामा थप १६६ जना संक्रमण पुष्टी
प्रकाशित मिति : 23 August, 2020 4:27 pm
काठमाडौं, ७ भाद्र ।
काठमाडौं उपत्यकामा गत २४ घण्टामा १६६ जना कोरोना संक्रमण पुष्टी भएको छ । जसमध्ये काठमाडौंमा १२६, ललितपुरमा १२ भर भक्तपुरमा २८ जना रहेका छन् ।
एक दिनमा डिस्चार्ज हुनेको संख्या २ सय ८१ डिस्चार्ज भएका छन् । हालसम्म १८ हजार ६ सय ३१ निको भएका छन् । यो दर ५८ प्रतिशत हो ।
गत २४ घण्टामा ८ हजारको परिक्षण भइसकेको छ । २४ घण्टामा संक्रमित कुल संख्या ८ सय १८ छ भने ३ जनाको मृत्यु भएको छ।