४ आश्विन २०८१, शुक्रबार

नेपालका लागि जनकपुर-जयनगर चल्ने रेल तयार (भिडियोसहित)

प्रकाशित मिति :  24 August, 2020 2:26 pm


रेग विभागका महानिर्देशक बलराम मिश्रले आफ्नो फेसबुकमा सार्वजनिक गरेको जनकपुर-जयनगर चल्ने रेल

काठमाडौं, ८ भदौ ।

जनकपुर जयनगर चल्ने रेल तयार भएको छ ।  रेल विभागका महानिर्देशक बलराम मिश्रले आफ्नो फेसबुक बालमा एउटा रेलको भिडियो आज सार्वजनिक गर्दै जनकपुर-जयनगर चल्ने रेल तयार भएको जानकारी गराएका छन् ।

महानिर्देशक मिश्रको फेसबुकमा राखिएको छोटो भिडियोमा देखाइएको रेलले एक पटकमा झण्डै १३ सय यात्रु बोक्ने बोक्ने क्षमता राख्छ ।

प्रारम्भिक चरणमा धनुषाको जनकपुर हुँदै कुर्थासम्म रेल सञ्चालन गर्ने तयारी छ । महानिर्देशक मिश्रले सुरुमा भारतको जयनगरबाट कुर्थासम्म पहिलो चरणमा चल्ने जानकारी गराएका छन् ।

विभागका महानिर्देशक मिश्रले २ वटा रेल मध्ये एउटा रेल नेपाल भारत सीमा नजिकै आइपुगेको जानकारी दिएका छन् । उनले भने, “नेपाली सीमाबाट झण्डै ३ घण्टाभन्दा टाढा सोनपुर हाजीपुरमा आइपुगेको छ ।”

उनले कोरोनाको संक्रमणको समस्या नभएको भए नेपाली भूमिसम्मै रेल आइसक्ने बताए । कोरोनाको महामारी कम नहुँदासम्म रेल भारततर्फ नै रहने छ । भारतीय कम्पनी इन्टरनेशनल कोचले उक्त रेल निर्माण गरेको हो । विभागले उक्त रेलमा८६ करोड लगानी गरेको छ ।

भिडियो :



प्रतिक्रिया दिनुहोस !