३ आश्विन २०८१, बिहिबार

दाङ बंगलाचुली गाउँपालिकामा समुदायस्तरमा शिक्षक परिचालन गरेर पठनपाठन गरिने

प्रकाशित मिति :  24 August, 2020 5:44 pm


दाङ, ८ भदौ ।

दाङको बंगलाचुली गाउँपालिकाले समुदायस्तरमा शिक्षकहरु परिचालन गरेर बालबालिकालाई पढाउने भएको छ ।

बंगलाचुली गाउँपालिकाका ८ वटै वडाका सामुदायिक विद्यालयका शिक्षकहरुलाई समुदायमा पुगेर पठनपाठन गराउन निर्देशन जारी गरेको हो ।

लामो समयसम्म लकडाउन भएको र विद्यार्थिहरु शिक्षा आर्जन गर्नबाट वन्चित हुनु परेको भन्दै मंगलबारदेखि सबै वडाहरुका पायक पर्ने स्थानमा पुगेर शिक्षेकहरुले पढाउन सुरु गर्ने गाउँपालिकाले जनाएको छ ।

पठानपाठनका लागि विद्यालयका प्रधानाध्यापकहरुले तयारी थालेका छन् । बंगलाचुली गाउँपालिकाभरीका समुदायिक विद्यालयका शिक्षकहरु गाउँ(गाउँमा पुगेर विद्यार्थीहरुलार्ई शिक्षा प्रदान गर्ने बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले जानकारी दिए ।

अध्यक्ष वलीका अनुसार सुरक्षाका उपाय अपनाउँदै विद्यार्थीहरुलाई पाएक पर्ने स्थानमा शिक्षकहरुले बालबालिकाहरुलाई पढाउनेछन् ।



प्रतिक्रिया दिनुहोस !