पाटन अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु
प्रकाशित मिति : 26 August, 2020 12:03 pm
काठमाण्डौं,१० भदौं । काठमाण्डौमा उपत्यकामा कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । मंगलबार राति साढे ९ बजे ५४ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालय ललितपुरले जारी गरेको विज्ञप्तीअनुसार २३ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेका काठमाडौंका ती व्यक्तिमा कोभिड १९ पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।