३ आश्विन २०८१, बिहिबार

एक सातादेखि सुनको मुल्यमा निरन्तर गिरावट

प्रकाशित मिति :  26 August, 2020 2:02 pm


काठमाडौं,१० भदौ। नेपाली बजारमा पछिल्लो एक सातादेखि सुनको मूल्यमा निरन्तर गिरावट आएको छ । एक साता यता स्थानीय बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको नेपाल स’न चाँदी महासंघले जनाएको छ ।

बुधबार प्रतितोला रु एक लाख ४ सयमा कारोबार भएको छापावाला सुनको मूल्य त्यसयता लगातार घटिरहेको छ ।  महासंघकाअनुसार मंगलबार प्रतितोला ९७ हजार २ सयमा कारोबार भएको छापावाला सुनको मुल्य बुधबार प्रतितोला रु ४०० ले घटेर ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै मंगलबार प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य बधबार प्रतितोला र ९६ हजार ३ सयमा कारोबार भइरहेको छ । चाँदी पनि प्रतितोला रु १० ले घटेर तोलाको रु एक हजार ३१० पुगेको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लागेकाले स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको महासंघले जनाएको छ । पछिल्ला केही महिनादेखि सुनको मूल्यमा उच्च वृद्धि हुँदै आएको थियो ।

नेपाली बजारमा गत साउन २३ गते छापावाला सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको थियो । सुनको मूल्य प्रतितोला रु एक लाख तीन हजार ५०० र तेजाबी सुनको मूल्य एक लाख तीन हजार पुगेको थियो ।



प्रतिक्रिया दिनुहोस !