९ मंसिर २०८१, आइतबार

कृषि मन्त्रालय अन्तर्गतका ९ सहित ६० सहसचिवको सरुवा, ५ वटा प्रदेशका कृषि सचिव फेरिए

प्रकाशित मिति :  26 August, 2020 8:26 pm


काठमाडौं, १० भदौं । 

कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय अन्तगर्तका ९ जनासहित ६० सहसचिवको सरुवा भएको छ । जसअन्तर्गत ५ वटा प्रदेशका कृषि सचिवको सरुवामा परेका छन् ।

कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक मनिता जोशीलाई कर्णाली प्रदेशको कृषि सचिवमा सरुवा गरिएको छ भने प्रधानमन्त्री कृषि परियोजनाबाट मन्त्रालयमा तानिएका रेवतीरमण पौडेलले प्रदेश ५ को कृषि सचिवको जिम्मा पाएका छन् ।

उक्त मन्त्रालयमा रहेका सचिव तेजबहादुर सुवेदीलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।  केन्द्रमा रहेकी सम्झना काफ्लेलाई पठाएर प्रदेश—२ का कृषि सचिव बिमल कुमार निर्मललाई पनि कृषि तथा पशुपन्छी विकास मन्त्रालयमै सरुवा गरिएको छ ।

कर्णाली प्रदेशका कृषि सचिव गोविन्दप्रसाद शर्मालाई पनि संघीय कृषि मन्त्रालयमै तानिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका योजना शाखा प्रमुख राजेन्द्र मिश्र सुदुरपश्चिम प्रदेश धनगढी पठाईएको छ ।

उक्त प्रदेशका कृषि सचिव किसनलाल भट्टलाई कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयमा तानिएको छ । विवादित बन्दै आएका बागमती प्रदेशका सचिव डा.योगेन्द्रकुमार कार्की भने सरुवामा परेका छैनन् । कृषि तथा व्यापार आयोजना (प्याक्ट) मा व्यापक अनियमिता गरेको आरोपमा राष्ट्रिय सतर्कता केन्द्रले कार्कीलाई कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गरेको छ ।

विवादकै कारण अघिल्लो पटक सचिवको दौडबाट बाहिरिएका थिए । वर्तमान सचिव राजेन्द्र भारीको कार्यकाल छोट्दिै जाँदा कार्की फेरि सचिवको दौडमा लागिसकेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कृषि सहित विभिन्न मन्त्रालयका सहसचिवको सरुवा गरेको हो । पुननिर्मण प्राधिकरणमा कार्यरत चुणामणि पौडेल आन्तरिक मामिला तथा कानुन मन्त्रालय सूदुरपश्चिम, गृह मन्त्रालयका महादेव पन्थीलाई सामजिक विकास मन्त्रालय ५ नम्बर प्रदेशमा सरुवा गरिएको छ । सरुवा भएका सहसचिवको सूची:



प्रतिक्रिया दिनुहोस !