किस्ट अस्पतालमा कोरोना संक्रमितको मृत्यु
प्रकाशित मिति : 27 August, 2020 1:32 pm
काठमाडौं,११ भदौ । ललितपुरमा एक जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । बुधबार राति ८ बजे संक्रमितको मृत्यु भएको किस्ट अस्पतालले जनाएको छ ।
मृतक अर्घाखाँचीका ५५ वर्षीय पुरुष रहेका छन् । उनको मंगलबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । निमोनिया देखिएपछि उनी ७ गते अस्पतालमा भर्ना भएका उनको भेन्टिलेटरमा उपचार भइरहेका थियो ।