बारामा कोरोना संक्रमित गर्भवती महिलाको मृत्यु
प्रकाशित मिति : 27 August, 2020 1:41 pm
काठमाडौं, ११ भदौं। बारामा कोरोना संक्रमित गर्भवती महिलाको मृत्यु भएको छ । बाराको सुवर्ण गाउँपालिका—४ की कोरोना संक्रमित गर्भवती महिलाको उपचारका क्रममा बुधबार बिहान साढे ६ बजे वीरगञ्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि भदौ १० गतेदेखि अस्पतालमा उपचाररत २३ वर्षीया महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाराले जनाएको छ ।
ज्वरो र श्वासप्रश्वासको समस्या देखिएपछि परिवारले उनलाई नारायणी अस्पतालमा भर्ना गराएका थिए ।
उच्च रक्तचापसमेत रहेको ती महिलाको भदौ ८ गते स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । मृतक महिला ३३ हप्ताकी गर्भवती थिइन् ।