५ आश्विन २०८१, शनिबार

कोरोना संक्रमण अझै बढ्ने स्वास्थ्य मन्त्रालयको आँकलन, सचेत हुन आग्रह

प्रकाशित मिति :  27 August, 2020 4:59 pm


काठमाडौं, ११ भदौ ।

सरकारले कोरोना संक्रमण थप बढ्ने आँकलन गरेको छ ।

हरेक दिन कोरना संक्रमितको संख्या थपिदै गएका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले आउँदा केही दिन यसको प्रकोप थप बृद्धी हुने आँकलन गरिएको भन्दै सचेत रहन आग्रह गरे ।

उनले भने, “अझै आउँदो केही दिन यसको प्रकोप थप बृद्धी हुने आँकलन गरिएको छ । जसले गर्दा हामी सबैले थप चुनौतिको सामना गर्नुपर्ने हुनसक्छ । ”

संक्रमण बढ्दै गएकाले सबैले आफ्नो जीवनशैली परिवर्तनका लागि सरकारकात्मक चिन्तन गर्न र आ आफ्नो ठाउँबाट यस रोगको उपचार रोकथाम र नियन्त्रणका लागि एकजुट हुन जरुरी रहेको बताए ।

   सम्बन्धित समाचार

अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना संक्रमणको पुष्टि, काठमाडौं उपत्यकामा मात्रै ३७७ जना भेटिए



प्रतिक्रिया दिनुहोस !