५ आश्विन २०८१, शनिबार

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति :  28 August, 2020 9:41 am


काठमाडौं, १२ भदौ ।

सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङ बेलबारी नगरपालिका वडा नं. ५ की ५६ वर्षीया महिला र झापा दमक नगरपालिका वडा नं.३ का ८३ वर्षीया पुरुष रहेका छन् ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले अत्यधिक खोकी, स्वास प्रश्वासमा समस्याले ग्रसित बेलबारीकी महिलालाई भाद्र ९ गते कोरोना पुष्टि भएको थियो । झपा दमकका पुरुषलाई भाद्र ३ गते कोरोना पोजेटिभ देखिएको प्रवक्ता सापकोटाको भनाई छ ।

उनीहरुको आज बिहान ३ बजेतिर मृत्यु भएको उनले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !