५ आश्विन २०८१, शनिबार

देशभर थप ९२७ जनामा कोरोना संक्रमणको पुष्टि, ५ सय भन्दा माथी सकृय संक्रमित रहेका जिल्ला ९ पुग्यो

प्रकाशित मिति :  28 August, 2020 4:34 pm


काठमाडौं, १२ भदौ ।

देशभर ९२७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १०,२२९ जनाको पीसीआर परीक्षण गर्दा ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले ९२७ जनामा संक्रमणको पुष्टि हुँदा १६९ जना निको भएर घर फर्किएको जानकारी दिए ।

पछिल्लो समय काठमाडौं उपत्यका कारोना संक्रमणको केन्द्र बनेको छ । प्रदेश ५ मा रुपन्देहीमा सबैभन्दा धेरै ७२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । ५ सय भन्दा माथी सकृय कोरोना संक्रमित रहेका जिल्ला ९ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !