४ आश्विन २०८१, शुक्रबार

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिद्धारा काम सुरु

प्रकाशित मिति :  28 August, 2020 5:13 pm



काठमाडौं, १२ भदौ ।

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिले काम सुरु गरेको छ ।

कोभिड १९ रोकथाम तथा नियन्त्रण सम्बन्धमा सरकारले गरेका कामकारवाहीको अनुगमन गर्न गठित समितिले आजदेखि काम सुरु गरेको   हो ।

जीवन राम श्रेष्ठको संयोजकत्वको उपसमितिको आज बसेको बैठकले आन्तरिक कार्यविधि पारित गरेको छ ।

कार्यविधि अनुसार उपसमितिले संघ, प्रदेश तथा स्थानीय तह अन्तर्गत देशभरि कोभिड १९ को सम्बन्धमा भै रहेका कामहरूको आवश्यक अनुगमन गरि समितिमार्फत निर्देशन दिनसक्ने छ ।

बैठकले आगामी अनुगमनका योजनाहरुका बिषयमा छलफल गर्दै अनुगमनमा जानुभन्दा अगाडि विभिन्न कागजात तथा बिवरणहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट झिकाउने निर्णय गरेको छ ।

भदौ ९ गते गठि उपसमितिमा श्रेष्ठ संयोजक छन् भने हित बहादुर तामाङ, शन्त थारु,सरिता न्यौपाने,नमिता चौधरी,एकवाल मिया,अन्जना बिशंखे सदस्य रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !