२५ कार्तिक २०८१, आइतबार

सत्तारुढ नेकपाको सचिवालय बैठक सर्यो

प्रकाशित मिति :  28 August, 2020 7:10 pm


काठमाडौं, १२ भदौ । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सरेको छ ।

भोली बस्ने भनिएको बैठक भदौ १८ गतेसम्मका लागि सरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । सल्लाहकार थापाले कोभिड–१९ को जोखिमका कारणले बैठक सारिएको बताए ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा देखिएको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले प्रतिवेदन बुझाएपछि बैठक बोलाउन सहमति गरेका थिए । कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्नका लागि बैठक बोलाइएको हो ।

पार्टीले गत साउन ३० गते पार्टी एकतामा देखिएको विवादको समाधानका लागि महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले यही भदौ ६ गते दुवै अध्यक्षलाई प्रतिवेदन बुझाइसकेको छ ।



प्रतिक्रिया दिनुहोस !