लमजुङमा कार्यरत ८ प्रहरी र पोखराका एक चिकित्सकमा कोरोना संक्रमण
प्रकाशित मिति : 28 August, 2020 7:19 pm
काठमाडौं, १२ भदौ ।
लमजुङमा कार्यरत ८ प्रहरी र पोखराका एक चिकित्सकमा कोरोना संक्रमण देखिएको छ ।
क्षयरोग उपचार केन्द्र, पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा लमजुङ बेशीसहरमा कार्यरत ८ जना नेपाल प्रहरी र मणिपाल शिक्षण अस्पतालमा कार्यरत १ जना चिकित्सकमा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
उनीहरुलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यसअघि लमजुङमै कार्यरत २० सैनिकमा पनि कोरोना संक्रमणको पुष्टि भएको थियो ।