५ आश्विन २०८१, शनिबार

सज्जा चौलागाई बनिन् नेपाल आईडल सिजन -३ को बिजेता

प्रकाशित मिति :  28 August, 2020 10:19 pm


काठमाडौं, १२ भदौ । 

नेपाल आईडल सिजन-३ को बिजेताको उपाधि मोरङकी सज्जा चौलागाईले जितेकी छन् । त्यस्तै प्रविण वेडवाल फस्ट रनरअप र किरण भुजेल सेकेन्ड रनरअप बनेका छन् ।

शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जा नेपाल आइडल सिजन-३को विजेता बनेकी हुन।अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल आइडलको विजेता घोषणा गरेका हुन्।

विजेता भएसँगै सज्जाले नगद रू ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छिन् भने फस्ट रनरअप प्रविनले १० लाख र सेकेन्ड रनरअप किरण भुजेलले ५ लाख नगद प्राप्त गरेका छन्।

 



प्रतिक्रिया दिनुहोस !