५ आश्विन २०८१, शनिबार

कन्ट्याक ट्रेसिङ गर्दा नवलपरासी पश्चिममा  २१ जना कोरोना संक्रमित भेटिए

प्रकाशित मिति :  29 August, 2020 10:31 am


काठमाडौं, १३ भदौ ।

नवलपरासी पश्चिममा  २१ जना कोरोना संक्रमित थपिएका छन् ।

क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा नवलपरासी पश्चिममा  नयाँ २१ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखरा गण्डकी प्रदेशले जनाएको छ ।

संक्रमित सबै कन्ट्याक ट्रेसिङबाट भेटिएका निर्देशनालयको भनाई छ । कोरोना संक्रमण पुष्टि भएका सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !