५ आश्विन २०८१, शनिबार

देशभर ८८४ जना कोरोना संक्रमित थपिए,३१३ जना निको

प्रकाशित मिति :  29 August, 2020 4:31 pm


काठमाडौं, १३ भदौ ।

देशभर ८८४ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये २४२ महिला र ६४२ पुरुष रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १०९७१ जनाको कारोना परीक्षण गरिएकोमा ८८४ जनामा कोरोना संक्रमणको पुष्टि भएको जानकारी दिए ।

योसँगै सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ३७,३४० पुगेको छ । देशभर संक्रय संक्रमितको संख्या १६,५७८ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए । सकृय संक्रमण देखिएका मध्य १०,१४५ जना संस्थागत आइसोलेशनमा र बाँकी ६,४४५ जना घरमै रहेका छन् ।

कोरोना संक्रमण निको भएर २४ घण्टामा ३१३ जना निको भएर फर्किएका छन् ।

 



प्रतिक्रिया दिनुहोस !