३ आश्विन २०८१, बिहिबार

जर्मनीमा कोरोना संक्रमण रोक्न लागू गरिएको नियम विरुद्ध हजारौ मानिसद्धारा प्रर्दशन

प्रकाशित मिति :  30 August, 2020 8:35 am


काठमाडौं, १४ भदौ ।

जर्मनीमा कोरोना भाइरस संक्रमण रोक्न लागू गरिएको नियम विरुद्ध हजारौ मानिसले प्रर्दशन गरेका छन् ।

बर्लिनमा भेला भएर उनीहरुले प्रर्दशन गरेका हुन् । सरकारले भने प्रर्दशनमा सहभागि भएका मानिस कतिपय दक्षिणपन्थी भएको आरोप लगाएको छ ।

प्रर्दशनका क्रममा झण्डै २ सय मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । केही ठाउँमा भएको झडपमा केही प्रहरी घाइते भएको बीबीसीले जनाएको छ ।

प्रर्दशनकारीले कोरोना भाइरस संक्रमण रोक्न लगाइएको लकडाउनले आफ्नो मौलिक हकको हनन भएको र संविधानलाई वेवास्था गरिएको आरोप लगाएका छन् ।

जर्मनीमा कोरोना संक्रमण बढ्दो छ । पछिल्लो तथ्याङ्क अनुसार कोरोना संक्रमितको संख्या २ लाख ४२ हजार पुगेको छ भने ९,२९७ जनाको मृत्यु भएको छ ।

जमैनीले अप्रिलमा सामाजिक दुरी कायमलाई प्राथमिकता दिएको थियो तर संक्रमण बढ्न थालेपछि कडाइ गर्न थलिएको हो । बिहिबारमात्रै चान्सलर एन्गेला मर्केलले सार्वजनिक ठाउँमा मास्क नलगाउनेलाई ५० पाउण्ड तिराउने घोषणा गरेकी छन् भने आउँदो वर्षसम्म सार्वजनिक सभामा रोक लगाइएको छ ।

 



प्रतिक्रिया दिनुहोस !