१३ मंसिर २०८१, बिहिबार

स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि बन्द अर्घाखाँची अस्पतालका सबै सेवा सञ्चालनमा

प्रकाशित मिति :  30 August, 2020 1:28 pm


अर्घाखाँची, १४ भदौ ।

अर्घाखाँची अस्पतालका स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि बन्द सम्पूर्ण स्वास्थ्य सेवा आजदेखि सञ्चालनमा आएको छ ।

अस्पताल परिसरस्थित स्वास्थ्य कार्यालयमा कार्यरत दुई स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि सोमबारयतादेखि आकस्मिक र प्रसूति सेवाबाहेक सम्पूर्ण सेवा बन्द थिए ।

लुम्बिनी प्रादेशिक अस्पतालमा बुटवलमा गत सोमबार स्वाब सङ्कलन गरिपठाइएको चिकित्सक र स्वास्थ्यकर्मीको पिसिआर रिपोर्ट नेगेटिभ आएकाले सम्पूर्ण सेवा सञ्चालनमा आएको अर्घाखाँची अस्पतालका प्रमुख डा कपिल गौतमले जानकारी दिए ।

गत आइतबार दुई स्वास्थ्यकर्मी, एकएक सञ्चारकर्मी र कार्यालय प्रमुखसमेत गरी १३ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

सङ्क्रमितको सम्पर्कमा आएका १११ जनाको स्वाब सङ्कलन गरी सोमबार पठाइएको मध्ये ९७ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताए ।



प्रतिक्रिया दिनुहोस !