४ आश्विन २०८१, शुक्रबार

विप्लव नेकपा नेतृ उमा भुजेललाई रिहा गर्न सर्वोच्च अदालतको आदेश (आदेशसहित)

प्रकाशित मिति :  30 August, 2020 5:25 pm


काठमाडौं, १४ भदौ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी नेतृ उमा भुजेललाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

उमा भुजेलको तर्फबाट बहिनी सुशीला भुजेलले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथी सुनुवाई गर्दै सर्वोच्च अदालतले रिहाको आदेश दिएको हो ।

नेतृ भुजेललसँगै झापाका तत्कालिन इन्चार्ज सुमनसिहं पौडेललाई पनि सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको छ । भुजेल र पौडेललाई सुनसरी जिल्ला अदालतले भदौ २ गते साधारण तारेखमा रिहा गर्न आदेश दिएपनि अदालत परिसरबाटै पक्राउ गरेर सप्तरी लगिएको थियो ।

सप्तरी जिल्लास्थित कन्चनपुर इप्रकामा पु¥याईएका उनीहरुलाई भारदहमा प्रहरीमाथि कर्तव्य पालना गर्न अवरोध गरेको आरोपमा अभद्र व्यवहारको मुद्धा दायर गरेको थियो । न्यायधीस दीपककुमार कार्की र हरिकृष्ण कार्कीको इजलासले भुजेल र पौडेललाई गैरकानुनी थुनामा राखेको भन्दै रिहा गर्न आदेश दिएको हो ।

नेकपाको तत्कालीन पोलिटब्यूरो सदस्य तथा मेची-कोशी ब्यूरो इन्चार्ज भुजेल र झापाका जिल्ला ईन्चार्ज पौडेलसहित पुस १२ गते सुनसरीको चक्रघट्टीबाट प्रहरीले पक्राउ गरेको थियो ।

अदालतले छोड्ने आदेश दिएपनि भुजेललाई प्रहरीले पटक पटक पक्राउ गर्दै आएको ।



प्रतिक्रिया दिनुहोस !