१२ कार्तिक २०८१, सोमबार

नेपाली सेनाको मुख्यालयमा कार्यरत एक सैनिकद्धारा आत्महत्या

प्रकाशित मिति :  30 August, 2020 5:54 pm


काठमाडौं, १४ भदौ ।

नेपाली सेनाको मुख्यालयमा कार्यरत एक सैनिक जवानले आत्महत्या गरेका छन् ।

तनहुँको रानीपोखरी घर भएका दामोदर क्षेत्रीले आज विहान आफैँले बोकेको हतियार प्रहार गरी आत्महत्या गरेका हुन् ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले घटनाको विषयमा उनका आफन्तलाई खबर गरिसकिएको जानकारी दिए ।

घटनाको विषयमा अनुसन्धान भइरहेको जङ्गी अड्डाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !