४ आश्विन २०८१, शुक्रबार

अनलाइन बजार मार्फत हुने कृषि उपज बिक्री वितरणमा अवरोधप्रति कृषि विभागको असन्तुष्टि

प्रकाशित मिति :  30 August, 2020 7:33 pm


काठमाडौं, १४ भदौ ।

कृषि  विभागले अनलाइन बजार मार्फत कृषि उपज बिक्री वितरणमा अवरोध नगर्न आग्रह गरेको छ ।

विभागका महानिर्देशक डा. रेवती रमण पौडेलले आज विज्ञप्ति जारी गर्दै अनलाइन बजार मार्फत कृषि उपज बिक्री वितरण कार्य गरिरहेका व्यक्ति तथा संस्थाहरुलाई प्रहरी प्रशासनबाट अवरोध श्रृजना गरिएका समाचार सार्वजनिक भएको भन्दै ध्यान आकृष्ट भएको जनाएका छन् ।

विज्ञप्तिमा महानिर्देशक पौडेलले भनेका छन्,“यस यस विषम परिस्थितिमा कृषि सामाग्री तथा कृषि उपज ढुवानी बिक्री वितरणमा सहजता ल्याउन स्वस्फूर्त रुपमा विभिन्न विधिहरु अपनाइएका देखिन्छन् । कृषि उपज उत्पादन तथा वितरण प्रणाली खलबलिन नदिनका लागि विद्युतीय बजार लगायतका बजारीकरणका माध्यमहरुलाई सहजिकरण गर्न आवश्यक छ ।”

विभागले असहज परस्थितिमा खाद्यान्न,तरकारी,फलफूल,च्याउ लगायतका अत्यावश्यक कषि उपज एवं कृषि उत्पादन सामाग्रीको ढुवानी तथा बिक्री वितरण गर्दा कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयबाट जारी भएको कोभिड १९ महामारी सम्बन्धि सुरक्षा मापदण्ड अपनाउन आग्रहर गरेको छ ।

विभागले सुरक्षा मापदण्ड पुरा गरी सेवा पुराउनेलाई अपरोध नगर्न विभागले निर्देशन दिएको छ । विभागले विज्ञप्तिमा भनेको छ,“सुरक्षा मापदण्ड पुरा गरी कृषिक तथा उपभोक्ताहरुलाई सेवा पुराउने कार्यमा अवरोध हुने कार्य नगर्न नगराउन सम्बन्धित सबैमा कृषि विभाग अनुरोध गर्दछ ।”



प्रतिक्रिया दिनुहोस !