५ आश्विन २०८१, शनिबार

देशभर ८९९ जनामा कोरोना संक्रमणको पुष्टि,७ जनाको मृत्यु

प्रकाशित मिति :  31 August, 2020 4:37 pm


काठमाडौं, १५ भदौ ।

देशभर ८९९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले ११,१२९ जनाको पीसीआर परीक्षण गर्दा ८९९ जनामा संक्रमणको पुष्टि भएको जानकारी दिए ।

यससँगै संक्रमितको कुल संख्या ३९,४६० पुगेको छ । यसमध्य २१,४१० जना निको भएर घर फर्किएका छन् भने २२८ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा आज २९८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जसमा काठमाडौं जिल्लामा १९०, भक्तपुरमा ४१ र ललितपुरमा ६७ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमित एक बालिकासहित ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीमा ४ वर्षीया बालिका, गोरखा र रुपन्देहीमा १/१ जना महिलाको मृत्यु भएको छ । त्यस्तै झापा,रौतहट,चितवन,भक्तपुरमा १/१ जना पुरुषको ज्यान गएको छ । यससँगै मृतकको संख्या २२८ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !