५ आश्विन २०८१, शनिबार

यसरी नै संक्रमित बढ्न थाले उपलब्ध स्रोत साधनले नपुग्न सक्छ : स्वास्थ्य मन्त्रालय

प्रकाशित मिति :  31 August, 2020 4:50 pm


काठमाडौं, १५ भदौ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेकै गतिमा कोरोना संक्रमित बढे उपलब्ध स्रोत साधनले धान्न गाह्रो हुनसक्ने बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले भने,”यसरी नै कोरोना संक्रमित बढ्दै गए उपलब्ध स्रोतसाधनले नपुग्न सक्छ । स्रोत साधनले नपुग्ने भएमा के गर्ने भन्ने विषयमा आजै सोंच्नुपर्छ ।”

प्रवक्ता गौतमले भोविष्यमा जटिल अवस्था आउन नदिनका लागि अहिले नै कोरोना नियन्त्रण तथा रोकथामका लागि गर्न अहिले नै सजिलो उपाय अपनाउन आग्रह गरे । प्रवक्ता गौतमले कोरोना हुने वित्तिकै नआत्तिन पनि आग्रह गरे ।

उनले लक्षण नदेखिएका कोरोना संक्रमितलाई घरमै राम्रोसँग व्यवस्थापन गर्न सकिने भन्दै परिवारले, समाजले कसरी सहयोग गर्ने भन्नेबारेमा छलफल गर्न आग्रह समेत गरे । पछिल्ला दिनमा कोराना संक्रमित बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

देशभर ८९९ जनामा कोरोना संक्रमणको पुष्टि,७ जनाको मृत्यु



प्रतिक्रिया दिनुहोस !