५ माघ २०८१, शनिबार

कोरोना रोकथाम तथा नियन्त्रणका लागि परिचालन हुन संघीय सांसदलाई आग्रह गर्ने सरकारको निर्णय

प्रकाशित मिति :  31 August, 2020 6:32 pm


काठमाडौं, १५ भदौ । 

सरकारले संघीय सांसदसहितका जनप्रतिनिधिलाई कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि परिचालन हुन आग्रह गर्ने निर्णय गरेको छ ।

हिजो बसेको मन्त्री परिषद् बैठकको निर्णय आज सार्वजनिक गर्दै सरकारका प्रवक्ता अर्थ सूचना तथा प्रविधि मन्त्री डा.युवराज खतिवडाले कोभिड—१९ को रोकथाम,नियन्त्रण र उपचारका साथै समन्वयका लागि परिचालनको आग्रह गर्ने निर्णय गरेको जानकारी दिए ।

उनले भने ,“प्रत्येक निर्वाचन क्षेत्रका प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचित माननीय सदस्यको नतृत्वमा सो क्षेत्रका प्रतिनिधिसभाका समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित माननीय सदस्यहरु र राष्ट्रिय सभाका माननीय सदस्यहरु जनप्रतिनिधिको हैसियतले कोभिड—१९ को रोकथाम नियन्त्रण र उपचार कार्यको लागि आवश्यक समन्वय र अनुगमन गर्न अनुरोध गर्ने निर्णय भएको छ ।”

कोरोना संक्रमण सुरु भएदेखि नै संघीय सांसदहरुले आफूहरुलाई कुनै भूमिका नदिईएको भन्दै सांसदहरुले असन्तुष्टि जनाउँदै आएका थिए । सबैले आ—आफ्नो किसिमले समन्वयन गर्दै आएपनि औपचारिक निर्णय नहुँदा समस्या आउने गरेको थियो । शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले यो विषयहरु आफूहरुले पटक-पटक उठाएपनि केही ढिलो मात्रै सुनुवाई भएको बताईन् ।

उनले भनिन्,“ सरकारले पहिले नै निर्णय गर्नुपथ्र्यो तर ढिलै भएपनि औपचारिकता दिने निर्णय गरेको छ । यो राम्रो हो ।”

यसअघि संघ,प्रदेश र स्थानीय तहका जनप्रतिनीधिबीच समन्वय हुन समस्या भएको थियो । सरकारले औपचारिक रुपमा नै निर्णय गरेपछि जनताकाबीचमा जान र सबै तहका जनप्रतिनिधिबीच समन्वय गर्न थप सहज हुने सभापति घर्तीको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !