५ आश्विन २०८१, शनिबार

कोरोना संक्रमणबाट सिराहमा थप एक जनाको मृत्यु

प्रकाशित मिति :  1 September, 2020 12:50 pm


काठमाडौं,१६ भदौ । सिराहमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारको क्रममा मंगलबार बिहान ५५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय धरानले जनाएको छ ।

सिरहाको मिर्चैया नगरपालिका–६ का ती पुरुष धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियुमा उपचाररत थिए । यही भदौ १० गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित उनको यसअघि विराटनगरस्थित विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिए थियो । योसँगै सिरहामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !