५ आश्विन २०८१, शनिबार

सिरहामा थप १२ दिन निषेधाज्ञा जारी

प्रकाशित मिति :  1 September, 2020 1:17 pm


काठमाडौं,१६ भदौ । कोरोना संक्रमण बढ्दै गएपछि सिरहामा थप १२ दिन निषेधाज्ञा जारी हुने भएको छ । जिल्ला प्रशासन कार्यालयद्धारा जारी विज्ञप्तीमा भदौ २७ गते सम्मको लागि निषेधाज्ञा थपिएको छ ।

प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक प्रदीपराज कँडेलको अध्यक्षतामा बसेको बैठकले निषेधाज्ञाको समय थप गर्दै अझ कडाइ गर्ने निर्णय गरेको हो ।

प्रशासनले भदौ १ गते राति १२ बजेदेखि लागू गरेको निषेधाज्ञा सोमबार राति १२ बजेबाट सकिँदै थियो । निषेधाज्ञामा यसअघि बिहान ५ देखि ९ बजेसम्म खाद्यान्न किनमेलको समय दिइएकाले त्यसलाई नै निरन्तरता दिइने विज्ञप्तीमा भनिएको छ ।

त्यस्तै निषेधाज्ञा अवधिमा सार्वजनिक भेला गर्न, मेला लगाउन, भोज वा जमघट गर्न पूर्ण रुपमा बन्देज गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !