कोरोना संक्रमणबाट पूर्व न्यायधीशको मृत्यु
प्रकाशित मिति : 1 September, 2020 1:37 pm
काठमाडौं, १६ भदौ । कोरोना संक्रमणबाट एक पूर्व न्यायधीश माधवप्रसाद चालिसेकोे मृत्यु भएको छ ।
उपचारका लागि काठमाडौ स्थित शहिद गंगालाल हृदयरोग केन्दमा भर्ना गरिएका चालिसेको मंगलबार बिहान मृत्यु भएको हो ।
लामो समयदेखि मुटुसम्बन्धी समस्याबाट पीडित चालिसेको ७० वर्षको उमेरमा कोरोना संक्रमणका कारण मृत्यु भएको हो । पाँच दिन अघि अस्पताल भर्ना भएका चालिसेको उपचारकै क्रममा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
काठमाडौं महानगरपालिका वडा नम्बर ३ निवासी चालिसे २०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत पोखराका मुख्य न्यायाधीशबाट सेवा निवृत्त भएका थिए ।